बझाङ । बझाङमा पहिरो जाँदा २ जना बेपत्ता भएका छन् । ३ जना भने घाईते भएका छन् । लगातारको बर्षासँगै बुङगल नगरपालिका ५ मिडीमा गएराती १ बजे पहिरो गएको हो । पहिरोमा परेका मध्ये एक जना भाग्न सफल भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको हो । नेपाल प्रहरी र स्थानीयको सहयोगमा पहिरोमा पुरिएका ३ जनाको उद्धार गरिएको छ भने बेपत्ता २ जनाको खोजी भइरहेको छ ।
प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको ब्याङलोरमा छन् । पहिरोमा परेर ४० बर्षिया श्रीमती पिपला ताम्राकार, १८ वर्षकी छोरी सुनिता र १२ बर्षका टिन्टी ताम्राकार र १६ बर्षका अनिल ताम्राकार घाइते भएका छन् ।
घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । १४ बर्षका छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ बर्षका सुदिप ओखेडा बेपत्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ भदौ २०७७, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बीपी राजमार्ग अवरुद्ध
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध
म्याग्दीमा पहिरो खस्दा बुबाको मृत्यु, छोरा बेपत्ता
अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
पहिरोले घर पुरिँदा चार जना घाइते
पहिरोले विद्यालय भवन भत्किँदा पठनपाठन प्रभावित