काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले सामाजिक सञ्जालमा राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहित भएको उल्लेख गर्नुभएको छ ।
राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाई लिएको बताउनुभएको छ ।
यसैगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि नेपाल राष्ट्रका ढुकढुकी, आफ्नो साहित्य सिर्जनाद्वारा नेपाली राष्ट्रिय चेतनालाई जगाउने राष्ट्रकवि घिमिरेको १०१ वर्षको दीर्घ उमेरमा निधन भएकोमा आफू मर्माहत भएको उल्लेख गर्नुभएको छ ।
कविवरको निधनबाट राष्ट्रले एउटा महान विभूतिलाई गुमाएको उल्लेख गर्दै नेता पौडेलले उहाँको अमर आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
राष्ट्रकवि घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवास लैनचौरमा निधन भएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ भदौ २०७७, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔँ : देउवा
मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : सभापति देउवा
सिंहदरबारमा शीर्ष नेताहरूबिच छलफल हुँदै
बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको जिम्मेवारी : देउवा
प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र गृहमन्त्रीबीच बालुवाटारमा छलफल