पोखरा । पोखरामा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको मृत्यु भएको छ । तनहुँ ब्यास–१ घर भएकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनियाको संक्रमण पनि रहेको अस्पतालले जनाएको छ । निमोनिया देखिएपछि ती महिला साउन ३२ मा उक्त अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालका निर्देशक डा. पदम खड्का मृतक महिलामा कोरोना देखिएपछि हाल अस्पतालको सेवा बन्द गरिएको छ ।
डा. खड्काले भने, ‘महिलालाई क्रिटिकल अवस्थामा ल्याइएको थियो, अस्ति स्बाब टेस्टका पठाइएको अवस्थामा हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ भदौ २०७७, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना अपडेट : एक सातामा ३५ जनामा सङ्क्रमण
टेकु अस्पतालमा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण