अभिनेत्री सुभद्रा अधिकारीको निधन

सफल खबर संवाददाता

सोमबार, ०१ भदौ २०७७, १२ : ५१
अभिनेत्री सुभद्रा अधिकारीको निधन

काठमाडौँ । अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । उनको ७२ वर्षको उमेरमा डल्लुस्थित आफ्नै निवासमा शनिबार बिहान निधन भएको हो । 

उनले २०७३ सालको चलचित्र दीर्घ साधाना सम्मान पाएकी थिइन् । तीन वर्षदेखि रोकिएको उक्त सम्मान अधिकारीलाई केही दिनअघि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिएको थियो ।

करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । अभिनेत्री अधिकारीले विभिन्न नाटक र चलचित्रमा अभिनय गरेकी थिइन् ।

६ वर्षको उमेरदेखि नै नेवारी नाटक कचिमचा ९काँचो माटो० बाट अभिनय गर्न सुरु गरेकी थिइन् उनले । दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ ‘कन्यादान’ सिनेमामा गरेको छुच्ची सासूको भूमिका लागि चर्चित छिन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो ।

अधिकारीले वसन्ती, मुनामदन, बेहुली, भाउजू, माया पिरती, मसान  लगायतका धेरै नेपाली चलचित्र तथा टेलिफिल्महरुमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन् । 

उनका १ छोरा र छोरी छन् । पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । अधिकारी लामोसमयदेखि दमबाट पीडित थिइन् ।

प्रतिक्रिया दिनुहोस