काठमाडौँ । सेनाले सम्पत्ति, अनुशासन तथा आचरणसम्बन्धी कसुर गरेको अभियोगमा दोषी ठहर गर्दै सहायक रथी प्रयोग राणा, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गरेको छ ।
साउन ३२ गते बसेको समरी जनरल सैनिक अदालतबाट पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा ‘सम्पत्ति, अनुशासन तथा आचरणसम्बन्धी कसुरसमेत गरेको’ अभियोगमा सैनिक ऐन २०६३ बमोजिम उनीहरूलाई दोषी ठहर गरिएको सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार संगठनबाट बर्खास्तीसँगै सहायक रथी राणाले आफूले अनियमितता गरेको १ करोड ५२ लाख २७ हजार ३ सय २१ रुपैयाँ र महासेनानी सिलवालले १५ लाख ७९ हजार ४ सय ८० रुपैयाँ सेनाको खातामा दाखिला गर्नुपर्नेछ ।कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०१ भदौ २०७७, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनालाई ६ वटा हेलिकोप्टर दिने अमेरिकाको प्रस्ताव
सांसद बनेका पाँच पूर्व सुरक्षाकर्मीप्रति सेनाभित्रै किन बढयो चासो ?
आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
नेपाली सेनामा तीन सय ८८ पदमा जागिर खुल्यो
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल