एजेन्सी । रुसी स्वास्थ मन्त्रालयले कोभिड–१९ भ्याक्सिनको उत्पादन सुरु गरिएको जनाएको छ ।
औपचारिक नाम ‘गाम–कोभिड–भाक’ भएपनि यस भ्याक्सिनलाई ‘स्पुटनिक पाँचौ’ उपनाम दिइएको छ । सोभियत युनियनले अन्तरिक्षमा पठाएको पहिलो स्याटेलाईट स्पुुटनिकको नामबाट यसको नामकरण गरिएको हो ।
मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन आफ्नो देशमा दर्ता भएको घोषणा गरेका थिए । उनले भ्याक्सिन पूर्ण सुरक्षित रहेको दाबी गरेका थिए ।
गामायिला नेशनल रिसर्च सेन्टरले विकास गरेको यस भ्याक्सिनले कोरोनाविरुद्ध जुध्नका लागि मानिसको प्रतिरोधी क्षमतालाई बलियो बनाउने रुसको दाबी छ । २० भन्दा धेरै देशले यस भ्याक्सिनको प्रयोगका लागि इच्छा प्रकट गरेको रुसको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ३१ साउन २०७७, १५ : ४८
लेखकबाट थप