यस्तो देखियो निषेधाज्ञाको दिन भरतपुर (फोटोफिचर)

प्रकाश सिग्देल

शनिबार, ३१ साउन २०७७, १२ : १०
यस्तो देखियो निषेधाज्ञाको दिन भरतपुर (फोटोफिचर)

चितवन । भरतपुर महानगरपालिका क्षेत्रमा आजदेखि निषेधाज्ञा जारी भएको छ । शुक्रबार राति १२ बजेदेखि भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको हो ।

आज उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । 

निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् । निषेधाज्ञापछि स्थानीयवासी घरमा नै रहेका छन् ।

अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ बजेदेखि ८ बजेसम्म पसल खोल्न दिइएको छ । बिहानीपख सामान्य चहलपहल भए पनि विस्तारै चहलपहल घट्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस