काठमाडौं । कोभिड–१९ सङ्क्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ ।
टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार उक्त अवधिमा कम्पनीको आम्दानी करिब दुई अर्ब रुपियाँले घटेको छ ।
प्रतिवेदन अनुसार गत आवको वैशाखदेखि असार मसान्तसम्म टेलिकमले ९ अर्ब २२ करोड २४ लाख रुपियाँ आम्दानी गरेको छ । यसमध्ये सेवा बिक्रीबापत ७ अर्ब ७३ करोड ८० लाख र अन्य तर्फ एक अर्ब ४८ करोड ४३ लाख रुपियाँ आम्दानी भएको छ ।
त्यसको अघिल्लो आव २०७५÷७६ को सोही अवधिमा टेलिकमले ११ अर्ब ३६ करोड ३२ लाख रुपियाँ आम्दानी गरेको थियो । त्यसमध्ये सेवा बिक्रीबापत ९ अर्ब २६ करोड र अन्यतर्फ दुई अर्ब रुपियाँ आम्दानी कम्पनीले
गरेको थियो ।गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ३१ साउन २०७७, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले यस्तो ल्यायो ‘अफर’
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द
नेपाल टेलिकमको प्रवक्तामा मानन्धर
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक