काठमाडौँ । कालीकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा पुरिएर ६ जनाको मृत्यु भएको हो ।
अविरल वर्षासँगै खसेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएका मृतकहरुको शव शुक्रबार बिहान निकालिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
मृतकहरु मध्ये चारजना विष्ट परिवारका सदस्य र दुई जना छिमेकी रहेको बताईएको छ । २, ३ दिन यता कालिकोट लगायतका क्षेत्रमा अविरल वर्षा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० साउन २०७७, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध