उपत्यका भित्रिने राजमार्गमा कडाइ गर्न थालियो

पत्रपत्रिकाबाट

शुक्रबार, ३० साउन २०७७, ०७ : ४३
उपत्यका भित्रिने राजमार्गमा कडाइ गर्न थालियो

फाइल तस्विर

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यका प्रवेश गर्ने मुख्य राजमार्गमा कडाइ गरिएको छ ।

धादिङका निमित्त प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले पृथ्वीराजमार्गको मुख्यद्वार मलेखु पुल, बुंगचुंग र पुछार बजारमा प्रहरी तैनाथ गरी प्रवेशमा कडाइ गरिएको छ । 

जिल्ला सुरक्षा समितिले मालबाहक र एम्बुलेन्सबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाएको छ । बिहीबार बिहानदेखि त्रिभुवन राजपथको पिपलामोडदेखि पृथ्वी राजमार्गको मौवाखोलासम्म कडाइ गर्ने निर्णय भएको निमित्त प्रजिअ मल्लले बताए । यससँगै धादिङ सदरमुकाममा प्रवेश पनि कडाइ गरिएको छ ।कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस