काठमाडौं । विहारमा विगत २४ घण्टाको अवधिमा करिब चार हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको राज्य सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ ।
हालसम्म बिहारमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ हजार ९१६ रहेको छ ।
संघीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६६ हजार ९९९ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।
मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या झण्डै २४ लाख गुगेको छ भने छ लाख ५० हजारभन्दा बढी व्यक्ति अहिले पनि कोभिड सङ्क्रमित छन् भने करिब १७ लाख सङ्क्रमणमुक्त भएका सरकारी तथ्याङ्क छ ।
भारतमा बिहीबारसम्ममा ४७ हजार ३३ व्यक्तिको कोरोना भाइरसको महामारीका कारण मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २९ साउन २०७७, २१ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै