राष्ट्रिय वाणिज्य बैंकको व्याजदर नेपालको बैंकिङ क्षेत्रमै सस्तो

सफल खबर संवाददाता

विहीबार, २९ साउन २०७७, १६ : ४४
राष्ट्रिय वाणिज्य बैंकको व्याजदर नेपालको बैंकिङ क्षेत्रमै सस्तो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो रहेको छ । बैंकको आधारदर ६ प्रतिशतभन्दा कम भएकाले समग्रमा ब्याजदर एकल विन्दुमा झरेको छ । बैंकको आधारदर ६ प्रतिशतभन्दा पनि तल ५ दशमलव ९० प्रतिशत कायम भएको छ। 

यसमा १ दशमलव २५ प्रतिशत देखि ३ दशमलव २५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराइएको श्रेष्ठले बताए । बैंकका अनुसार अधिकतम प्रिमियम जोड्दासमेत बैंकको ब्याजदर ९ प्रतिशतको हाराहारीमा रहेकाले अन्य बैंकहरुको भन्दा ब्याजदर निकै सस्तो भएको छ।  ७ दशमलव २५ प्रतिशत ब्याजदरको घरकर्जा उपलब्ध गराइएको छ ।

कोभिड १९ को असरले कर्जाको माग कम भएर गएको र निक्षेपमा चाप नपर्दा लगानीयोग्य रकम बढेकाले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटेको छ ।  अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ । यो अवस्था राष्ट्रिय वाणिज्य बैंकमा पनि छ । पछिल्लो अवस्थामा राष्ट्रिय वाणिज्य बैंकमा कर्जा पुँजी निक्षेप अनुपात ६३ प्रतिशत कायम भएको छ । यसको अर्थ बैंकमा अझै लगानीयोग्य रकम प्रसस्त छ । त्यसैले कर्जाको ब्याजदर तत्काल हेरफेर हुने सम्भावना नभएको पनि श्रेष्ठले बताए ।

हाल बैंकले सामान्य बचतमा ३ दशमलव ५ प्रतिशत, विशेष बचत, सुनौलो बचतलगायत खातामा रकम जम्मा गर्दा ५ प्रतिशत ब्याजदर दिएको छ । त्यस्तै अमेरिकी डलर बचतमा १।५ प्रतिशत, युरो र अन्य मुद्रामा शून्य दशमलव ७५ प्रतिशत ब्याजदर छ । मुद्दती निक्षेपअन्तर्गत व्यक्तिगतमा ७ प्रतिशत देखि ७ दशमलव २५ प्रतिशत र संस्थागतमा ६ दशमलव ५ प्रतिशतदेखि ६ दशमलव ६ प्रतिशतसम्म ब्याजदर छ ।

प्रतिक्रिया दिनुहोस