काठमाडौं । काठमाडौंमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । गत मंगलबार बलात्कार कागेश्वरी मनहरा नगरपालिका–७ स्थित वीरेन्द्रचोकमा घटना भएको हो ।
बलात्कारको आरोपमा प्रहरीले सिन्धुलीको भिमान स्थायी घर भइ हाल कागेश्वरी मनहरा–७ स्थित काँडाघारी बस्ने ३१ वर्षीय डेविट भनिने सुशील कड्कालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार खड्काले वीरेन्द्रचोकस्थित भेटघाट रेष्टुरेन्टमा किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ वियर खुवाएर लठ्याएको अनुसन्धानबाट खुलेको छ । त्यसपछि राती सोही रेष्टुरेन्टको क्याविनमा राखी जवरजस्ती करणी गरेको पीडित युवतीले बताएकी छिन् ।
पीडित युवतीले दिएको उजुरीका आधारमा खड्कालाई बिहीबार बिहान पक्राउ गरेर थप अनुसन्धान कार्य जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ साउन २०७७, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ईश्वर पोखरेल निर्वाचन आयोगको निर्णयबाट उत्साहित !
ओलीले अपराधको पाप पखाल्न पशुपतिमा बत्ती बालेः भीम रावल
जुम्लाको गोठी गाउँमा आगलागी हुँदा २८ घर जलेर नष्ट
सक्कली माओवादीहरु पार्टी एकताको पक्षमा : प्रभु साह
भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली
जर्मनी भ्रमणका लागि बाइडेनलाई मर्केलको आग्रह