काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार हजार कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
यो संख्या भारतमा एक दिनमै संक्रमित हुनेहरुमध्ये हालसम्मकै धेरै हो । यसअघि त्यहाँ जुलाई आठ तारिखमा सबैभन्दा बढी ६५ हजार १ सय ५६ जनामा संक्रमण पुष्टि भएको थियो ।
भारतमा हालसम्म संक्रमण पुष्टि भएकाहरुको संख्या २३ लाख ९५ हजार नाघेको छ । भारत कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित हुने देशहरुको सूचिको तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २९ साउन २०७७, १२ : ३७
लेखकबाट थप