एशियन फिफा वल्र्डकप क्वालिफाइंग खेलहरु स्थगित

एजेन्सी

बुधबार, २८ साउन २०७७, २१ : २४
एशियन फिफा वल्र्डकप क्वालिफाइंग खेलहरु स्थगित

फाइल तस्विर

काठमाडौं । फिफाले एशियन फुटबल कन्फेडरेसन ९एएफसी० सँग २०२२ फिफा वल्र्ड कप र २०२३ एएफसी एशियन कपको एशियामा हुने आगामी क्वालिफाइंग खेलहरूको समयतालिका स्थगित गर्ने बुधवार निर्णय गरेको छ ।

सुरुमा यस बर्ष अक्टोबर र नोभेम्बरमा अन्तर्राष्ट्रिय खेल विन्डोजको समयमा आयोजना हुने सयमतालिका रहेको थियो । कोरोना भाइरसको महामरीको कारण अब यो खेल सन् २०२१ मा सारिएको छ । कोरोना भाइरसको महामरीको कारण हाल विश्वका धेरै देशहरु प्रभावित भएका छन् । 

फिफा र एएफसीले संयुक्त रूपमा फिफा वल्र्ड कप कतारमा २०२२ र एएफसी एशियाई कप चीन २०२३ को लागि हुने क्वालिफाइंग खेलहरु यसै वर्षको अक्टोबर र नोभेम्बर हुने  कार्यक्रम तय भएको थियो ।

क्वालिफाइंग खेलका लागि नयाँ मिति तय गर्न फिफाले एएफसीसँग मिलेर काम गर्ने बताएको  छ । सबै सहभागीको स्वास्थ्य र सुरक्षाको उद्धेश्यका साथ फिफा र एएफसीले क्षेत्रको अवस्थालाई नजिकबाट अनुगमन गर्न र सम्बन्धित योग्यताका लागि नयाँ मिति तय गर्न सँगै मिलेर काम बताएको छ । 

 नयाँ मितिहरूको बारेमा थप विवरण फिफा वल्र्ड कप २०२२ र एशियन कप २०२३ को लागि क्वालिफाइंग खेलको अर्को चरण निर्धारित समयमा घोषणा गरिने एक विज्ञप्तिमार्फत फिफा जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस