काठमाडौं । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी रहेका खेलहरु पुनः स्थगित भएको छ ।
नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गतका बाँकी खेलहरु पुनः स्थगित गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी)द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु सबै स्थगित गरिएको एएफसीले जनाएको हो । अब उक्त खेलहरु सन् २०२१ मा हुने जनाएको छ । तर, कुन मितिमा हुने भन्ने निर्णय भएको छैन । विश्वकप र एसियन कप छनोटको खेलमा नेपालले अब तीन होम खेल खेल्न बाँकी छ ।
यसअघि नेपालले दशरथ रङ्गशालामा असोज र कात्तिकमा तीन खेल खेल्ने तालिका तय गरेको थियो । समूह ‘बी’ मा रहेको नेपालको पाँच खेलबाट तीन अङ्क रहेको छ । चाइनिज ताइपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा भने अष्ट्रेलिया रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ साउन २०७७, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिफा विश्वकप: साउदी अरब र उरुग्वेबीचको खेल १-१ गोलको बराबरीमा सकियो
फिफा विश्वकपः टर्कीलाई हराउँदै अष्ट्रेलियाको विजयी सुरुआत
पाराग्वेमाथि अमेरिकाको जित
फिफा विश्वकप : क्यानडा र बोस्निया हर्जगोभिनाले खेले बराबरी
विश्व फुटबलको महाकुम्भ शुरु : आज राति उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
फिफा विश्वकपका रेफ्रीलाई अमेरिका प्रवेशमा रोक, विमानस्थलबाटै फिर्ता पठाइयो