नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार ६० हजार ९६३ जना सङ्क्रमित भेटिएका हुन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या २३ लाखभन्दा बढी पुगेको छ ।
भारतमा कोरोनाकै कारण अहिलेसम्म ४६ हजार ९१ जनाको मृत्यु भएको छ । तीमध्ये ८३४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
कुल सङ्क्रमित २३ लाख २९ हजार ६३९ मध्ये छ लाख ४३ हजार ९४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १६ लाख ३९ हजार छ सय जना निको भएका छन् । (रासस-एएनआई)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २८ साउन २०७७, १८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै