- शम्भु श्रेष्ठ
‘प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेका बाचा, कबुल, प्रतिबद्धता र संकल्पलाई बिर्सदै जानुभयो वा अवमूल्यन गर्दै जानुभयो । मनोवैज्ञानिक ढंगले भन्ने हो भने प्रधानमन्त्रीले माओवादीलाई उपयोग गर्ने, भ¥याङ बनाउने र आफ्नो स्वार्थसिद्ध गरेर त्यसलाई कमजोर पार्ने रणनीतिअन्तर्गत जानुभएको महसुस हामीले ग¥यौं । सबभन्दा दुःखद् कुरा यही नै रह्यो । उहाँमा कहीँ न कहीँ ‘इगोसेन्टिक’ र आत्मकेन्द्रित कार्यशैली रहेछ भन्ने मैले बढी महसुस गरेँ । उहाँले सबैको सामूहिक सहयोगको परिणामस्वरुप अवसर प्राप्त गरेको भन्ने कुराको अनुभूति छोड्दै र बिर्संदै जान थालेजस्तो कार्यशैली देखाउनुभयो । साना–ठूला धेरै कुरामा आफैँ पूर्ण छु जस्तो स्थितिबाट उहाँ चल्न खोजेको मैले पाएँ । धेरै तिक्तता बढाउने हिसाबले धेरै कुरा भन्न त चाहन्नँ, तर प्रधानमन्त्रीले यो बीचमा भएका प्रतिबद्धता बिर्सेर आफ्नो इच्छाअनुसार सरकार चलाउन सक्छु भन्ने ढंगले गएको महसुस भयो । कहीँ न कहीँ उहाँको कार्यशैलीमा अहंकार र दम्भ बढी देखिएको महसुस मैले गरेँ ।’
२०७३ साउन ७ गते तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त कुरा संसद्मा बोलेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउँदा प्रचण्डले जे जस्ता शब्द भनेका थिए, आज ओलीले प्रचण्डलाई फेरि त्यही ठाउँमा पु¥याइदिएका छन् । २०७२ सालमा प्रधानमन्त्री बन्दा ओलीको जस्तो बोली, व्यवहार र शैली थियो, आज पनि उस्तै व्यवहार र शैली छ । ओलीले त्यतिबेला माओवादीको समर्थनमा सरकार बनाएको कुरा बिर्संदा आफूले प्रधानमन्त्री पद गुमाउनुपरेको थियो । आज समय फेरिएको छ । माओवादी र एमाले मिलेर नेकपा बनेको छ । ओली र प्रचण्ड नेकपाका अध्यक्ष पदमा छन् । त्यसमाथि पनि ओलीले प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका छन् । तर, ओली अहिले पनि सुध्रिएका छैनन् । माओवादीसँग पार्टी एकता नगरेको भए ओली अहिले प्रतिपक्ष दलका नेता, प्रचण्ड प्रधानमन्त्री हुने थिए । नेपाली कांग्रेसले एमालेसँग पार्टी एकता नगर्न र पाँचै वर्ष प्रधानमन्त्री चलाउन भनेर शेरबहादुर देउवाले प्रचण्डलाई दुई पटक आश्वासन दिएका थिए । तर, प्रचण्डले विगतका तीता मिठा सबै कुरा बिर्सिएर ओलीसँग पार्टी एकता गर्ने सहमति गरे । संयुक्त घोषणापत्रको आधारमा चुनाव लडे । जनताले पनि खुशी भएर दुईतिहाइ मत दिए । त्यही दुईतिहाइको जगमा ओली शक्तिशाली प्रधानमन्त्री बनेका छन् । तर, उनले त्यो शक्ति कसको बलले आर्जन गरेको हो भन्ने कुरा बिर्सिएका छन् ।
२०७२ सालमा ओलीलाई पहिलोपटक प्रधानमन्त्री बनाउँदा जस्तो पछुतो प्रचण्डलाई लागेको थियो, त्यो भन्दा बढी पछुतो पार्टी एकता गर्दा उनलाई लागेको छ । जुन उत्साहका साथ ओली–प्रचण्डले पार्टी एकता गरेका थिए, त्यो उत्साहमा बालुवाटारभित्रकै विदेशी एजेन्टहरुले तातोपानी खन्याएका छन् । अब पार्टी फुटाएर दुवै जनालाई भुत्ल्याउन मात्र बाँकी छ ।
नेकपाको दुईतिहाइको सरकार बनेदेखि नै एकथरि विदेशी शक्ति दुईतिहाइको सरकार भत्काउने खेलमा लागेको थियो । नभन्दै त्यो शक्तिले पार्टी फोड्न प्रधानमन्त्री ओलीलाई उस्क्याउन सफल भयो । पार्टी फोडेको दोष आफूमाथि आउला भनेर प्रधानमन्त्री ओलीले असार १४ गते मदन भण्डारीको जन्मजयन्तीका दिन प्रधानमन्त्रीबाट आफूलाई हटाउन भारतीयहरु सल्बलाएको रहस्योद्घाटन गरे । ओलीलाई यो कुरा जसले बोल्न लगाएका थिए, तिनीहरुलाई प्रयोग गर्न भारतीय एजेन्ट सफल भए भन्ने कुरा ओलीले बुझ्न सकेनन् । न त बुझ्ने कोसिस नै गरेका छन् । एक सूरमा उनी प्रचण्ड–माधव नेपाललाई पार्टीबाट गलहत्याउने रणनीतिमा लागेका छन् । त्यसपछि आफ्नो हैसियत के हुन्छ भन्ने कुरा उनले विचार पु¥याएका छैनन् । यो नै देश र जनताका लागि दुर्भाग्य हो । - दृष्टिबाट
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी
बुद्ध जयन्तीमा ओलीको सन्देश : करुणा, शान्ति र सहिष्णुताको मार्ग अपनाउन आह्वान
'२०८२ अब इतिहास भयो' भन्दै ओलीले दिए नयाँ वर्षको शुभकामना
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत