काठमाडौँ। अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ ।
ब्युरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्युरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्युरोले जनाएको छ ।
प्रहरीका अनुसार आज बिदा परेकाले भोलि (मंगलबार) थप सोधपुछ हुने बताइएको छ । नेपाल पनि मंगलबार उपस्थित हुने भन्दै ब्युरोबाट बाहिरिएका थिए । उनीमाथि लागेको आरोपका बारेमा प्रहरीले उनीमाथि सोधपुछ गरेको हो ।
नेपालमाथि साइबर अपराधको आरोप छ । साइबर कसुर भने पनि प्रहरीले कस्तो प्रकृतिको उजुरी भन्नेबारे केही खुलाएको छैन ।
यता अधिवक्ता नेपालले भने प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध प्रश्न उठाउँदा साइबर मुद्दा लगाइएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, १५ : २१
लेखकबाट थप