उदयपुरमा मालपोत कार्यालयका ६ कर्मचारीसहित १५ जनामा कोरोना सङ्क्रमण

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, १५ : ३२
उदयपुरमा मालपोत कार्यालयका ६ कर्मचारीसहित १५ जनामा कोरोना सङ्क्रमण

फाइल फोटो

उदयपुर । जिल्ला मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार त्रियुगा नगरपालिकामा आठ जना र बेलका नगरपालिकामा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । बेलका नगरपालिकामा देखिएका सङ्क्रमित सबै समुदायस्तरका हुन् ।

अहिलेसम्म उदयपुरको बेलका नगरपालिकामा ३१ जना, त्रियुगा नगरपालिकामा ५९ जना, कटारी नगरपालिकामा सात जना, चौदण्डीगढी नगरपालिकामा दुई जना, उदयपुरगढी गाउँपालिकामा दुई जना र ताप्ली गाउँपालिकामा तीन गरी एक सय चार जनामा सङ्क्रमण भएको प्रमुख सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस