वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

सफल खबर संवाददाता

मंगलबार, २७ साउन २०७७, १४ : १६
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । 

प्रतिष्ठानले मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय भएको जनाएको छ । 

कोरोना संक्रमण फैलिरहेका कारण स्थानीय सरकारले समेत ७ दिन पूर्ण रुपमा बन्द गरेको तथा प्रतिष्ठान परिसर भित्र पनि कोरोना संक्रमण देखिएकाले बाध्य भएर सो निर्णय गर्नुपरेको  सहायक निर्देशक डा विकास साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस