भैरहवा । रुपन्देहीमा कारण दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार परासीबाट भैरहवातर्फ आउँदै गरेको कार शुक्रबार राति ११ बजेतिर अनियन्त्रित भई पल्टिदा ३ जनाको मृत्यु भएको हो।
भैरहवा परासी सडकखण्डको रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागड स्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नम्बरको कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार कार सडकबाट १० मिटर तल खसेको छ ।
उक्त कारमा सवार ४ जना घाइतेहरूलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृतक मध्ये एक जनाको मात्र पहिचान खुलेको छ। मृत्यु हुने रुपन्देही ओमसतिया गाउँपालिका– ४ बालापुरका २६ को देवेन्द्र चौधरी रहेका छन। मृतक दुई जनाको परिचय खुल्न बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ साउन २०७७, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते