भैरहवा । रुपन्देहीमा कारण दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार परासीबाट भैरहवातर्फ आउँदै गरेको कार शुक्रबार राति ११ बजेतिर अनियन्त्रित भई पल्टिदा ३ जनाको मृत्यु भएको हो।
भैरहवा परासी सडकखण्डको रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागड स्थित हुलाकी सडक खण्डमा लु २ च ६७५६ नम्बरको कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार कार सडकबाट १० मिटर तल खसेको छ ।
उक्त कारमा सवार ४ जना घाइतेहरूलाई उपचारको लागि भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृतक मध्ये एक जनाको मात्र पहिचान खुलेको छ। मृत्यु हुने रुपन्देही ओमसतिया गाउँपालिका– ४ बालापुरका २६ को देवेन्द्र चौधरी रहेका छन। मृतक दुई जनाको परिचय खुल्न बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ साउन २०७७, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु
धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी