काठमाडौं । पाकिस्तान सरकारले देशभरका सबै विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुनः सञ्चालन गर्ने घोषणा शुक्रबार गरेको छ । कोभिड–१९ नियनत्रणका लागि भनी बन्द सेवालाई सरकारले सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।
पाकिस्तानले कोरोनाभाइरसको महामारीको कारण मार्च २१ मा सबै अन्तर्राष्ट्रिय उडानहरू र मार्च २ देखि घरेलु उडानहरू स्थगित गरेको थियो ।
नागरिक उड्डयन प्राधिकरण (सीएए) द्वारा जारी गरिएको एक सूचनामा अगस्ट ९ देखि सेवालाई पुनः सुरू गर्ने जनाइएको पाकिस्तानी समाचार संस्था ‘डन’ले जनाएको छ । सरकारले भाइरस सङ्क्रमणका घटनाहरूलाई घटाउने सम्बन्धमा धेरै प्रतिबन्धहरू हटाउने घोषणा गरेको एक दिन पछि उक्त निर्णय लिएको हो ।
“पाकिस्तान सरकार कोेभिड–१९ को रूपमा उपलब्ध सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट र सबै अन्तर्राष्ट्रिय यात्रुहरूको सेवाहरूको अनुमति दिन पाउँदा खुशी छ ।
“विदेशबाट पाकिस्तानी र पाकिस्तानबाट अन्य मुलुकसँगको अन्तर्राष्ट्रिय तालिकाबद्ध उडान कार्यक्रमहरूलाई सन् २०२० को गृष्मकालीन तालिका अनुसार निरन्तरता दिने निर्णय भएको छ । यद्यपि अन्तर्राष्ट्रिय उडान सेवाहरू स्थापित मार्गनिर्देशन तथा मानकको आधारमा सञ्चालन गरिनेछन् ।
उड्ययन प्राधिकरणका कर्मचारीका लागि जारी अर्को एक सूचनामा प्राधिकरणले सबै प्रकारका आन्तरिक उडानलाई पनि सबै विमानस्थलबाट प्रचलित नियमानुसार उडान भर्न अनुमति दिइनेछ । उड्डयन विभागले एक दिन पहिले नै आन्तरिक उडान सेवाहरू अगस्ट ६ को मध्यरातदेखि देशभर पुनःसञ्चालन गरिने घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २३ साउन २०७७, २१ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानको क्वेटामा रेलमार्ग नजिक विस्फोट, २० जनाको मृत्यु, दर्जनौँ घाइते
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै
पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई हमला, ४०० जनाको मृत्यु
रवि-बालेनलाई पाकिस्तानी प्रधानमन्त्रीले दिए बधाई
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु