काठमाडौं । पाकिस्तान सरकारले देशभरका सबै विमानस्थलहरूमा अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुनः सञ्चालन गर्ने घोषणा शुक्रबार गरेको छ । कोभिड–१९ नियनत्रणका लागि भनी बन्द सेवालाई सरकारले सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।
पाकिस्तानले कोरोनाभाइरसको महामारीको कारण मार्च २१ मा सबै अन्तर्राष्ट्रिय उडानहरू र मार्च २ देखि घरेलु उडानहरू स्थगित गरेको थियो ।
नागरिक उड्डयन प्राधिकरण (सीएए) द्वारा जारी गरिएको एक सूचनामा अगस्ट ९ देखि सेवालाई पुनः सुरू गर्ने जनाइएको पाकिस्तानी समाचार संस्था ‘डन’ले जनाएको छ । सरकारले भाइरस सङ्क्रमणका घटनाहरूलाई घटाउने सम्बन्धमा धेरै प्रतिबन्धहरू हटाउने घोषणा गरेको एक दिन पछि उक्त निर्णय लिएको हो ।
“पाकिस्तान सरकार कोेभिड–१९ को रूपमा उपलब्ध सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट र सबै अन्तर्राष्ट्रिय यात्रुहरूको सेवाहरूको अनुमति दिन पाउँदा खुशी छ ।
“विदेशबाट पाकिस्तानी र पाकिस्तानबाट अन्य मुलुकसँगको अन्तर्राष्ट्रिय तालिकाबद्ध उडान कार्यक्रमहरूलाई सन् २०२० को गृष्मकालीन तालिका अनुसार निरन्तरता दिने निर्णय भएको छ । यद्यपि अन्तर्राष्ट्रिय उडान सेवाहरू स्थापित मार्गनिर्देशन तथा मानकको आधारमा सञ्चालन गरिनेछन् ।
उड्ययन प्राधिकरणका कर्मचारीका लागि जारी अर्को एक सूचनामा प्राधिकरणले सबै प्रकारका आन्तरिक उडानलाई पनि सबै विमानस्थलबाट प्रचलित नियमानुसार उडान भर्न अनुमति दिइनेछ । उड्डयन विभागले एक दिन पहिले नै आन्तरिक उडान सेवाहरू अगस्ट ६ को मध्यरातदेखि देशभर पुनःसञ्चालन गरिने घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २३ साउन २०७७, २१ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
साउदी विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग तनाव कम गर्नेबारे छलफल
पाकिस्तानद्वारा भारतविरुद्ध ‘अपरेसन बुनियान मरसुस’ सुरु
भारतले क्षेप्यास्त्र हान्यो, जवाफ दिन हाम्रो सेना तम्तयार: पाकिस्तान
भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको अमेरिकी राजदूतलाई पाकिस्तानद्वारा जानकारी