अर्कै समुहको रगत दिँदा जनकपुरमा सुत्केरीको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०७७, १५ : ०७
अर्कै समुहको रगत दिँदा जनकपुरमा सुत्केरीको मृत्यु

धनुषा । रेडक्रस सोसाइटी र चिकित्सकको चरम लापरवाहीका कारण जनकपुरधाममा एक सुत्केरीको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ६ स्थित रामजानकी अस्पतालमा प्रसुति गराउन आएकी महोत्तरी गौशाला नगरपालिकाकी २२ वर्षकी गंगादेवी महतोको शुक्रबार विहान मृत्यु भएको हो । शल्यक्रियामार्फत बिहीबार राति ९ बजे छोरी जन्माएपछि उनलाई रगत अभाव भएका थियो ।

ती महिलालाई ‘ओ’ पोजेटिभ रगत समुहको दिनपुर्नेमा ‘बी’ पोजेटिभ रगत समुहको रगत अस्पतालले गंगा देवीको मृत्यु भएको हो । रेडक्रस सोसाईटी जनकपुर शाखाले नमुना परीक्षण नै नगरी दिएको रगत रामजानकी अस्पतालले चढाउँदा घटना हुन पुगेको बताइएको छ ।

अपरेशन गर्नुपर्ने आवश्यकता देखिएपछि चिकित्सकले रगतको माग गरेका थिए । अस्पतालले सुत्केरीको रगत नमुना सहित रेडक्रस सोसाइटी जनकपुरमा रगत ल्याउन परिवारजन गएका थिए ।

रेडक्रसले सुरुमा बी पोजेटिभ समूहको रगत पठाएको थियो । सो रगत रामजानकी अस्पतालले चढाउदाँ गंगा देवीलाई केही असहज देख्नासाथ चिकित्सकले तत्कालै रगत बन्द गरी परीक्षण गरेर अर्को ओ पोजेटिभको रगत समुह ल्याउन भन्दै पुनः रेडक्रस सोसाइटी पठाएको थियो । त्यसको केहि बेरमै सुत्केरीको मृत्यु भएको मृतककी पति राजकिशोर महतोले बताए ।

अस्पतालले भने अनुसार नै नमुना लिएर रेडक्रसबाट रगत ल्याएको तर सोहीमध्येको एउटा पोका बी पोजेटिभ रगत परेको र त्यसैलाई चिकित्सकले चढाएपछि श्रीमतीको मृत्यु भएको भन्दै उनले अस्पताल र रेडक्रसको लापरवाहीको कारणले मारिएको भन्दै कारबाहीको माग गरेका छन् ।

जनकपुरधामको प्याथोलोजी रिपोर्टमाथि पटक–पटक प्रश्न चिन्ह खडा हुँदै आइरहेको छ । जनकपुरधामकै रामजानकी डाइग्नोष्टिक सेन्टरमा ३ महिना अघि रगत समुहको परिक्षण जाँच गराउँदा बी पोजिटिभ रगत समुह रहेको रिपोर्टमा भनिएको छ । तर अहिले आएर सोही महिलाको रगत समुह जाँच गर्दा ओ पोजेटिभ रहेको पाइएको छ । 

यस विषयमा रामजानकी डाइग्नोष्टिक सेन्टरका मुकेश सिंहसँग कुरा गर्दा उनले रेडक्रसकै गल्ती रहेको जिकिर गरे । उनले आफ्नो ल्याबको रिपोर्ट सही रहेको ठोकुवा नै गरे ।

प्रतिक्रिया दिनुहोस