नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार सङ्क्रमणमुक्त हुनेको यो दर अहिलेसम्मकै उच्च हो । भारतमा अहिलेसम्म १३ लाख २८ हजार ३३६ कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
ती मध्ये पछिल्लो २४ घण्टामा ४६ हजार १२१ जना सङ्क्रणमुक्त भएका हुन् । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कोरोनाका कारण कूल सङ्क्रमितको सङ्ख्या १९ लाख ६४ हजार ५३७ पुगेको छ । सङ्क्रमित भएका र सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा पछिल्लो समयमा ठूलो अन्तर देखिदै गएको अधिकारीहरुले जनाएका छन् ।
भारतमा अहिलेसम्म कूल सङ्क्रमितमध्ये सात लाख ३२ हजार ८३५ जना निको भइनसकेको देखिन्छ तर अहिले पनि सङ्क्रमित अवस्थामा रहेका विरामीको सङ्ख्या पाँच लाख ९५ हजार ५०१ रहेको छ । भारतमा बिहीबारसम्म ४० हजार ६९९ सङ्क्रमितको मृत्यु भइसकेको छ ।
अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितको ३०।३१ प्रतिशत मात्रै हो । जवकी यो सङ्ख्या यसअघि योभन्दा सामान्य धेरै रहँदै आएको अधिकारीहरुको भनाइ छ । उनीहरुले कुल मृतकको अनुपात पनि अन्य देशको तुलनामा भारतमा कम भएको दावी गरेका छन् । भारतमा अहिले कुल सङ्क्रमितमध्ये २।०७ प्रतिशतको मात्रै मृत्यु हुने गरेको पाइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले पनि विश्वभरीको कुल सङ्ख्याको आधारमा हेर्दा भारतको अवस्था सुधारोन्मुख नै देखिएको जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५६ हजार २८२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ९०४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २२ साउन २०७७, २१ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’