रोकियो लाइसेन्स वितरण

पत्रपत्रिकाबाट

बुधबार, २१ साउन २०७७, ०८ : १४
रोकियो लाइसेन्स वितरण

काठमाडैं । वाग्मती प्रदेशअन्तर्गतका तीनवटा यातायात कार्यालयले कोभिडको कारण देखाउँदै चालक अनुमतिपत्र वितरण तत्काललाई रोकेका छन् ।

कार्यालयमा दैनिक भीड बढेको र स्वास्थ्य सावधानी अपनाउन नसकिएको भन्दै सूचना निकालेर सोमबारबाट वितरण स्थगित गरिएको हो । यातायात व्यवस्था कार्यालय एकान्तकुना, ठूलोभर्‍याङ र सुकेधारा ९हाल चाबहिल० कार्यालयबाट सवारी चालक अनुमतिपत्र वितरण रोकिएको हो । कान्तिपुरमा खबर छ ।