उपत्यकामा चालक अनुमतिपत्र वितरणमा रोक

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, १६ : ५४
उपत्यकामा चालक अनुमतिपत्र वितरणमा रोक

काठमाडौं । काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् ।सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित भएको जनाएका हुन् । 

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले भौतिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन नसकेपछि सेवा स्थगित गरिएको हो । 

अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम पनि तत्कालका लागि रोकिएको हो । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयले दिएको राजश्व तिरेको कागजबाटै सवारी साधन चलाउनुपर्ने उनको भनाइ छ । नवीकरणका लागि पनि आउने सेवाग्राहीको भीड नहोस् भनी टोकन प्रणाली लागू गरिएको छ । 

प्रतिक्रिया दिनुहोस