काठमाडौं । काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् ।सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित भएको जनाएका हुन् ।
कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले भौतिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन नसकेपछि सेवा स्थगित गरिएको हो ।
अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम पनि तत्कालका लागि रोकिएको हो । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयले दिएको राजश्व तिरेको कागजबाटै सवारी साधन चलाउनुपर्ने उनको भनाइ छ । नवीकरणका लागि पनि आउने सेवाग्राहीको भीड नहोस् भनी टोकन प्रणाली लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० साउन २०७७, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
भरतपुरमा यातायात क्षेत्रलाई थप व्यवस्थापन गरिँदै
लामो दूरीका यातायात तीन दिनका लागि बन्द
दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश
सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति
चितवनको पहाडी क्षेत्र मायाँटारमा यातायात पुगेपछि जीविको पार्जनमा सहज