यस्ता छन् काँग्रेस सभापति देउवाले सरकारलाई दिएका सात सुझाव

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, १४ : ४६
यस्ता छन् काँग्रेस सभापति देउवाले सरकारलाई दिएका सात सुझाव

फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको आजको बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाले सातबुँदे सुझाव दिएका छन् ।

सभापति देउवाले सरकारलाई दिएका सात सुझाव यसप्रकार छन् :

१) हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस् ।

२) नेपाली कांग्रेसले विगत देखिनै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न बिषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण गराउँदछु ।
– आरडीटी परिक्षण स्थायी रुपले अन्त्य ।
– सम्पूर्ण रुपले पीसिआर परिक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परिक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त ।
– स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता । 
– आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध ।
– मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन ।
– विदेशमा अप्ठेरोमा परेका नेपालीको निःशुल्क उद्धार गरी क्वारेन्टाइन र परिक्षण पश्चात् घर पु¥याउने ब्यवस्था ।
– नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल ।
– सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता संगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग ।

३) परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न बिज्ञहरुसंग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।

४) विभिन्न दल, संघसंस्था र आमसंचारमाध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् ।

५) उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।

६) विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् ।

७) बर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस् ।

प्रतिक्रिया दिनुहोस