चितवनमा होम क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २० साउन २०७७, १० : २१
चितवनमा होम क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु

चितवन । पुर्वी चितवनको खैरहनीमा होम क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ । खैरहनी ६ स्थित केसी बोरा उद्योगमा काम गर्दै आएका ३५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । मृतकसहित ६ जना बारा जिल्लाबाट १३ दिनअघिमात्रै आएका थिए ।

उनीहरुलाई उद्योग नजिकैको भाडाको घरमा राखिएको थियो । क्वारेन्टाईनमा मृतकले साथीहरुलाई एक्कासी छाती दुखेको र त्यसपछि ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कलैया नगरपालिकाका स्थायी बासिन्दा हुन् । मृतकसहित उनीहरुको साथीहरुको स्वाब संकलन गर्ने तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस