थप ४१८ जना संक्रमित भेटिए, कुल संक्रमितको संख्या २० हजार ७५० पुग्यो

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, १६ : ३१

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।