विध म्यानेजमेन्ट प्रालिले ४ हजारमै कोरोना परीक्षण थाल्यो

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, १३ : १९
विध म्यानेजमेन्ट प्रालिले ४ हजारमै कोरोना परीक्षण थाल्यो

काठमाडौं । विध म्यानेजमेन्ट प्रालिले अस्थायी कोभिड–१९ ल्याब सञ्चालनका लागि अनुमति पाएसँगै ४ हजारमै परीक्षण थालेको छ । कोभिड–१९ बाट विश्व नै आक्रान्त भइरहेको बेला सरकारले निजी क्षेत्रको समेत सहभागितामा कोरोनाका पहिचानका लागि नमुना परीक्षण गर्ने निर्णय गरेअनुरुप म्यानेजमेन्टले गत साउन १३ गते ल्याब सञ्चालनको अनुमति पाएको थियो । 

विधको प्रयोगशालाको दैनिक नमुना परीक्षण क्षमता ४२ सय भन्दा बढी रहेको छ भने सोमबारदेखि ४ हजार का दरले नमुना परीक्षण गर्न थालिएको  विध म्यानेजमेन्टका वि. के. भण्डारीले जानकारी दिए । 

यसअघि ५ घण्टामा तयार हुँदै आएको रिपोर्ट सेवा र सुविधाको प्रयोगलाई तीव्र बताउँदै ४ घण्टामै रिपोर्ट दिन सकिने पनि उनले बताए ।