अष्ट्रेलियामा पनि जुर्मरायो नेकपाको प्रवासी संगठन

सफल खबर संवाददाता

सोमबार, १९ साउन २०७७, १० : ०४
अष्ट्रेलियामा पनि जुर्मरायो नेकपाको प्रवासी संगठन

अष्ट्रेलिया । नेपालको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवासी संगठन अष्ट्रेलियामा पनि जुर्मुराउन थालेको छ । नेकपा निकट प्रवासी नेपाली एकता मन्च साउथ अष्ट्रेलियाले अष्ट्रेलियाआईपुगेका नेपालीहरुलाई संगठित गर्ने गरी विभिन्न कार्यक्रम आयोजना गर्न थालेको छ । यसैक्रममा प्रवासी नेपाली एकता मञ्च साउथ ऑस्ट्रेलियाले त्यहाँ पुगेका नेपालीलाई शिपमुलक बिभिन्न तालीमहरु प्रदान गरेको छ । 

अष्ट्रेलियाका लागि नेपाली अवैतनिक दुत दिपक धमालको प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता मञ्चले कार्यक्रम आयोजना गरेको हो । संगठनले वाइट कार्डको तालिम पश्चात नेपालीहरुलाई क्लिनिङ तालिम पनि दिएको प्रवासी नेपाली एकता मञ्चका केन्द्रीय सदस्य यादव वस्यालले जानकारी दिए । 

उनका अनुसार, अष्ट्रेलिया पुगेका नेपालीहरुलाई रोजगारीमा सहज हुने गरी तालिम प्रदान गरिएको हो । ‘नेपालबाट  अष्ट्रेलिया आईपुग्नु भएका नेपाली विद्यार्थी भाईबहिनीलाई अध्ययनको अतिरिक्त रोजगारीको बातावरण निर्माण गर्न, सहज रोजगारीमा प्रेरित गर्न उपयोगी हुने गरी तालिम सञ्चालन संगठनको तर्फवाट गरिएको छ’, वस्यलले भने, –‘जब विद्यार्थीहरुको रोजगारीको सुनिश्चितता हुन्छ, त्यसले तालिमको औचित्य पनि पुष्टि गर्छ । अधिकतम रोजगारीमा उपयोगी बनाउने हेतुले तालिम कार्यक्रम सञ्चालन गरिएको छ ।’ 

केन्द्रीय सदस्य वस्यालले एनआरएनको मात्र मुख ताकेर नहुने भन्दै सबैले आ –आफनो क्षेत्रबाट अष्ट्रेलियामा आईपुगेका नेपालीहरुमाथी सहयोग गर्नुपर्ने र त्यही दायित्वका आधारमा प्रवासी नेपाली एकता मञ्चले सिप उपयोगी तालिम सञ्चालन गरिएको बताए । 

प्रतिक्रिया दिनुहोस