चितवन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग्दै भरतपुरको चौबिसकोठीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा भरतपुरका विभिन्न विद्यालय र क्याम्पसबाट कक्षा ११ र १२ का विद्यार्थीहरु सहाभागी थिए । कोरोना भाइरस (कोभिड– १९) माहामारीको बेला शिक्षामन्त्रीले शिक्षा क्षेत्रमा कुनै ठोस निर्णय लिन नसक्दा विद्यार्थीहरुले दुःख पाएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले कहिले अनलाइन कक्षा लिने भन्ने त कहिले रोक्ने भन्ने जस्ता कुरा गरेर शैक्षिक क्षेत्रलाई सरकारले अस्तव्यस्त बनाएको आरोप लगाएका थिए ।
स्मल ह्याभन बोर्डिङ् स्कुल आँपटारीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी सुदिप पौडेलले कहिले परीक्षा हुन्छ भन्ने र कहिले हुँदैन भनेर शिक्षामन्त्रीले दुई जिब्रे कुरा गर्दा आफूलाई तनाव भएको बताए । कक्षा ११ को फाइनलको लागि भनेर स्कुलले अनलाइन परीक्षा लिइसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ साउन २०७७, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इनिशा विश्वकर्मालाई न्याय माग्दै सिरहामा प्रदर्शन
मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
इरानका विभिन्न शहरमा उग्र प्रदर्शन
मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहद्वार आज पनि प्रदर्शन
बंगलादेशमा प्रदर्शन उग्र बनेपछि परिस्थिति नियन्त्रणका लागि अर्धसैन्य दस्ता परिचालन
राजसंस्था समर्थकलाई बिजुलीबजारमा प्रदर्शन गर्न रोक