काठमडौं । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई शनिबार कार्यकक्षमा उनकै कर्मचारीले कुटपिट गरेका छन् ।
कार्यालय सहयोगीद्वय नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेका मोरङ प्रहरीका डीएसपी लोकदर्शन थापाले बताए । दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्यकक्षभित्रै टेबुलमाथि राखिएको पेपर वेट, चप्पल, पन्चिङ मेसिनलगायतले प्रहार गरिएको प्रहरीको भनाइ छ ।
सञ्जेलको अनुहारमा चोट लागेको छ । थापाका अनुसार सञ्जेलले आफूहरूलाई काममा धेरै पेलेको, तनाव र दुःख दिने नियत राखेको, बारम्बार गालीगलौज गर्ने गरेका कारण कुटपिट गरेको उनीहरूले बताएका छन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा