काठमडौं । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई शनिबार कार्यकक्षमा उनकै कर्मचारीले कुटपिट गरेका छन् ।
कार्यालय सहयोगीद्वय नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेका मोरङ प्रहरीका डीएसपी लोकदर्शन थापाले बताए । दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्यकक्षभित्रै टेबुलमाथि राखिएको पेपर वेट, चप्पल, पन्चिङ मेसिनलगायतले प्रहार गरिएको प्रहरीको भनाइ छ ।
सञ्जेलको अनुहारमा चोट लागेको छ । थापाका अनुसार सञ्जेलले आफूहरूलाई काममा धेरै पेलेको, तनाव र दुःख दिने नियत राखेको, बारम्बार गालीगलौज गर्ने गरेका कारण कुटपिट गरेको उनीहरूले बताएका छन् । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हायात होटेलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम तलब दिने
पदोन्नति नहुँदा अध्ययनमै केन्द्रित कर्मचारी
कर्मचारीको अवकाश उमेर बढाउँदा राज्यलाई लाभ
अर्थ मन्त्रालयको सेवासुविधा कटौतीविरुद्ध धितोपत्र बोर्डका कर्मचारी आन्दोलित
कर्मचारीको दरबन्दी मिलाउन सरकारले थाल्यो गृहकार्य
कर्मचारीका अधिकांश गुनासा सरुवामा विभेद