काठमडौं । कांग्रेसको आसन्न महाधिवेशन नजिकिँदै गर्दा भावी नेतृत्वको विषयलाई लिएर संस्थापन र इतरपक्षबीचमा ध्रुवीकरण तीव्र बनिरहेको छ । आफ्नै नेतृत्वलाई १४ औं महाधिवेशनपछि पनि निरन्तरता दिने रणनीतिक योजनाका साथ सभापति शेरबहादुर देउवा अघि बढेका छन् ।
उनलाई चुनौती दिन भित्रभित्रै उपसभापति विमलेन्द्र निधि अघि बढ्न खोजेका छन् तर खुल्न सकेका छैनन् । इतरपक्षमा नेतृत्वका लागि होडबाजी छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आफ्नो सम्पर्क कार्यालय खोलेरै गतिविधि अघि बढाइरहेका छन् । आफैं नेतृत्वमा अघि सर्ने वा अरू कसैलाई सघाउने उनले निर्णय लिइसकेका छैनन् ।
संस्थापनइतर पक्षमा नेतृत्वका आकांक्षीहरू आधा दर्जन देखिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबारको पत्रकार सम्मेलनमा देउवाबाट नेतृत्व फुत्काउन इतरसमूहबाट एउटै उम्मेदवार हुने दाबी गरे । सिटौलासमेत आफ्नो पक्षमा आउने दाबी उनको थियो । त्यसो भनिरहँदा सभापति उम्मेदवारका आकांक्षीहरू महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला पनि सँगै थिए ।
के पौडेलले भनेजस्तै संस्थापनइतर पक्षमा एउटै उम्मेदवार होलान् त रु यसको निष्कर्षमा पुग्न अझै केही समय कुर्नुपर्ने धारणा राख्छन् पूर्वमहामन्त्री सिंह । सिंह आफैं इतर समूहका दाबेदार हुन् । उनले आफ्नो दावा बलियो बनाउन भित्रभित्रै तयारीसमेत तीव्र पारेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १८ साउन २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ