काठमाडौं । कोराना महामारीलगायत कारण उड्डयन तालिका फेरबदल हुँदा नेपाल वायुसेवा निगमले गत आर्थिक वर्ष ०७६/७७ मा करिब १० अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । स्रोतका अनुसार निगमको गत आवमा सञ्चालन घाटा मात्रै ५ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । त्यसअघिका वर्षसम्मको सञ्चित ५ अर्ब नोक्सानलाई समेत जोड्दा निगमको घाटा १० अर्ब रुपैयाँ पुगेको हो ।
यसमा ०५७ मा भएको लाउडा विमान भाडा प्रकरणको करिब २ अर्ब रुपैयाँ घाटासमेत समेटिएको छ । गत आवको पहिलो आठ महिनाको यथार्थ खर्च र अन्तिम चार महिनाको प्रक्षेपित खर्चको विश्लेषणका आधारमा निगमले यो तथ्यांक निकालेको हो । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १८ साउन २०७७, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमान चालकको समस्या छिट्टै समाधान हुन्छ: वायुसेवा निगम
नेवानिको टिकट एक रातमा सबै बिक्री
निगमको वाइड बडी जहाज सी चेकपछि दुई महिनापछि फर्कियो