विराटनगरमा दुई साता लकडाउन

सफल खबर संवाददाता

शुक्रबार, १६ साउन २०७७, १६ : ०३
विराटनगरमा दुई साता लकडाउन

विराटनगर । विराटनगरमा दुई साता लकडाउन लगाइएको छ । विराटनगर महानगरभरि शनिबारदेखि लागू हुने गरी दुई साताका लागि लकडाउन लगाइएको हो । 

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि  महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो । नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको हो ।

विराटनगर महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेका छन् । 


 

प्रतिक्रिया दिनुहोस