काठमाडौँ । साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरण सेलाउन नपाउदैं फेरी काठमाडौँमा एकजन प्रहरी जवानको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धातु बरामद भएको छ । प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने एक किलो धातु बरामद भएको प्रहरी श्रोतले बताएको छ ।
साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा श्रेष्ठले गलत सुचना दिएको आरोप लागेको छ । बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र हो भन्ने परीक्षण हुन बाँकी रहेको छ । प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो ।
तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको र आधा किलो मात्र सुन भएको जनाएको थियो । उक्त प्रकरणमा प्रहरीले नक्कली घटनास्थल तयार पारेको, तस्कर भगाउन सहयोग गरेको लगायतका आरोप समेत लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ साउन २०७७, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा विघटन मुद्दा : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
एलेक्जाई नाभाल्नीको जनतालाई अपिल :तपाईँ र तपाईँको भविष्यका लागि आन्दोलनमा उत्रनुहोस्
संवैधानिक इजलासमा पुण्यप्रसाद खतिवडाले राखे माग : ‘निर्वाचनमा जानु नै उपयुक्त’ भन्दै दायर गरेको रिटमा छलफल हुनुपर्छ
सर्वोच्च अदालतमा ‘नेकपा’ नाम विरुद्धको रिटको सुनुवाइ आजपनि स्थगित
काठमाडौं महानगरपालिकाले हटाउन थाल्यो रानीपोखरीको लेउ
‘गरिब देशलाई खोप नदिए महामारी लम्बिन सक्छ’ : डब्लुएचओ