काठमाडौँ । साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरण सेलाउन नपाउदैं फेरी काठमाडौँमा एकजन प्रहरी जवानको कोठाबाट सुन जस्तै देखिने एक किलो पहेँलो धातु बरामद भएको छ । प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने एक किलो धातु बरामद भएको प्रहरी श्रोतले बताएको छ ।
साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणमा श्रेष्ठले गलत सुचना दिएको आरोप लागेको छ । बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र हो भन्ने परीक्षण हुन बाँकी रहेको छ । प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो ।
तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको र आधा किलो मात्र सुन भएको जनाएको थियो । उक्त प्रकरणमा प्रहरीले नक्कली घटनास्थल तयार पारेको, तस्कर भगाउन सहयोग गरेको लगायतका आरोप समेत लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ साउन २०७७, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको घट्यो, चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
घट्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदैछ ?
सुनको मूल्य तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा २८ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो