वीरगंजमा ३ स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०७७, ०९ : ४९
वीरगंजमा ३ स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि

वीरगंज । वीरगंजमा ३ जना स्वास्थयकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राति आएको परिक्षण रिपोर्टमा उनीहरु पोजेटिभ देखिएका हुन् ।  नारायणी अस्पतालका डा. उदय नारायण सिंहका अनुसार संक्रमित हुनेहरुमा १४ जना पुरूष र १ जना महिला छन् ।

संक्रमितहरु पर्सासँगै अन्य जिल्लाका पनि रहेका छन् । २३ देखी ५६ वर्ष उमेर समूहका संक्रमितहरु मध्ये केहीको कन्ट्याक्ट् ट्रेसिङको आधारमा परीक्षण गरिएको तथा केहीले स्वेच्छाले नै जाँच गराएका थिए। संक्रमण देखिनेहरुमा एक जना इलाम जिल्लाका र एक जना बारा जिल्लाका छन्।

यस्तै वीरगञ्जको जग्दम्बा ईन्टर प्राइजेजमा कार्यरत तीन कामदार, वीरगञ्ज ११ श्रीपुरका २ जना, वडा नम्बर १३ का २, ४ का २ जना, ७ का २ र २३ का एक जना रहेका छन् । संक्रमित मध्ये १ जना जिल्ला प्रहरी कार्यालय वीरगंजका थुनुवा पनि रहेका छन् । साउन ७ गते देखि स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको डा. सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस