डडेल्धुरा । डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ साउन २०७७, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा च्याउ टिप्न गएका २ महिलालाई बाढीले बगायो, एक जनाको शव फेला
चितवनमा जंगली च्याउ खाँदा थप एक जनाको मृत्यु
गोरखामा च्याउ खाँदा एकै घरका चार जना बिरामी
जंगली च्याउ खाँदा उदयपुरमा एकै परिवारका ८ जना बिरामी
विषालु च्याउ खाँदा जुम्लामा एकै घरका पाँचजना बिरामी
जंगली च्याउको तरकारी खाँदा दिदीभाइको मृत्यु