मलको हाहाकार : ‘रासायनिक मल किन्दा किसानलाई ज्यानको जोखिम’

पत्रपत्रिकाबाट

मंगलबार, १३ साउन २०७७, ०८ : ०७
मलको हाहाकार : ‘रासायनिक मल किन्दा किसानलाई ज्यानको जोखिम’

काठमाडौं । महिना दिन अघि देखि खुलेआम रुपमा नेपाल र भारतको सीमावर्तीमा आवागमन बढ्दो छ । भारतीय रासानिक मल किन्न नेपाली किसान जाँदा आवागमन बाक्लिएको हो । ८२ किलोमिटर खुला सीमामा रासानिक मल किन्न दैनिक सयौं किसान सीमावर्तीमा पुग्छन्।

नेपाली किसान र भारत पक्षका सयौं मानिस भिँड छिचोलेर किसानले रासानिक मल किन्न पर्ने किसानलाई बाध्यता छ । महंगो र सस्तो कुनै चिन्ता नगरी मल किन्न पर्ने किसानको यतिबेला नियति बनेको छ । महिनौ दिन देखि भईरहेको यस्तो गतिबिधि रोक्न प्रशासनले सकिरहेको छैन । अझै पनि किसानलाई मल अभाव छ । तर, तस्करी गरेको ल्याएको मल किसान चार गुना महंगो सम्म किन्न बाध्य छन् ।

भारतका व्यापारीबाट खरिद गरी रासानिक मल किसानले घरघर भित्र्याउँन थाल्दा किसानलाई अर्को चिन्ता थपिएको छ, मल सँगसँगै कोरोना त भित्रिएन ।  सीमावर्तीमा खुलेआम रुपमा हुने रासायनिक मलको कारोबारमा नेपाली किसान मूख्य ग्राहक हुन्। अधिकांश किसानको घरमा मल त आयो । तर, मल सँगसगै कोरोना भित्रिएको भन्दै समुदाय त्रसित छन्। पहिला पहिला भारतबाट आएका माानिसलाई क्वारेन्टिनमा राख्ने चलन थियो ।

त्यो हराएसँगै भारतबाट आएको मलसँगै आएको कोरोना पनि बेवास्ता भईरहेको किसानको आरोप छ । ‘ठूला ठूला बर्गका मानिस मात्र परीक्षण भईरहेको सुनिन्छ,’ एक किसानले भने, ‘पहुँच नभएका सर्वसाधरण स्वास्थ्य परीक्षणको जिम्मा सरकारको होईन र रु मजदुर र किसान परीक्षणको दायरमा पर्न पर्यो ।’

सरकारले कोरोना संक्रमणको परीक्षण फराकिलो बनाएर गर्न पर्ने भएपनि सिमित घेरामा भइरहेको परीक्षणले समुदायमा सरकारप्रति तीव्र असन्तुष्ट देखिएको छ । भारतीय मल प्रयोग धानमा गरेपनि यतिखेर कोरोना संक्रमण समुदाय फैलिएकोमा सर्वसाधरण त्रसित भएका स्थानीय बताउँछन्। ‘भारतीय सीमावर्तीमा दिनहुँ सयौं मानिसको भिँड हुन्छ,’ स्थानीय महोम्मद अन्सारीले भने, ‘मास्क नलगाएका अधिकांश किसान त्यहाँ देखिन्छन, त्यस्ताबाट कोरोना संक्रमण समुदायमा फैलिन त्रास बढिरहेको छ ।’ उनका अनुसार मल लिन पुग्ने सर्वसाधरण  सुरक्षा मापदण्डका बारेमा समेत अनभिज्ञ छन् । नागरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस