काठमाडौं । पछिल्लो एक वर्षमा सुनको मूल्य प्रतितोलामा ३२ हजार रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । गत वर्ष यहिबेला प्रतितोला ६४ हजार रुपैयाँ रहेको सुनको मूल्य आइतबार तोलामा ३२ हजार ३ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
गत शुक्रबार ९५ हजार ८ सय रुपैयाँ कारोबार भएको सुनको मूल्य आइतबार तोलामा ५ सय रुपैयाँ बढेर ९६ हजार ३ सय पुगेको छ । एक वर्षमा लगातार बढेर सुन एक लाख नजिक पुगेको छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले एक वर्षमा सुनको मूल्य तोलामा ३२ हजार रुपैयाँ बढेको जानकारी दिए । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा पनि मूल्य बढ्दै गएको उनको भनाई छ । कोभिड १९ ले गर्दा सुनमा लगानीकर्ता आकर्षित हुँदै गएपछि मूल्य बढ्न गएको उनको भनाई छ ।
दुई हप्तामा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआंैश एक सय डलर बढेको छ । महासंघका अनुसार पछिल्लो दुई सातामा सुनको मूल्य १ हजार ८ सय दुई डलर बाट बढेर एक हजार ९ सय १ डलर पुगेको पुगेको घ । लगातार मूल्य बढेकाले एक दुई साता भित्रमा सुनको मूल्य एक लाख पुग्ने शाक्यले जानकारी दिए ।
विश्वभर फैलिएको कोरोना भाइरसका कारण सुरक्षित लगानीको क्षेत्र भन्दै लगानीकर्ताले लगानी गर्न थालेपछि मूल्य निरन्तररुपमा उकालो लाग्दै आएको छ । व्यवसायीका अनुसार सुनलाई सुरक्षित लगानी मानिन्छ । अन्तर्राष्ट्रिय बजारमा देखिने अस्थिरता, आर्थिक संकट र युद्धका बेला लगानीकर्ता सुरक्षित हुन खोज्छन् । अन्य क्षेत्रको लगानी झिकेर सुनमा बढाउँदा मूल्य बढ्नु गएको व्यवसायीको भनाई छ ।
कोरोनाका कारण विश्व अर्थतन्त्रलाई नै शिथिल बनाएको छ । यस्तै हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव पनि सुनको मूल्य बढ्नुको अर्को कारण रहेको शाक्यको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा २ हजार डलर पुग्दा यहाँ प्रतितोला करिब १ लाख रुपैयाँसम्म पुग्ने महासंघको दाबी छ । कारोबार दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १२ साउन २०७७, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार
सुनको मूल्यमा नयाँ रेकर्ड कायम, दुई लाख नाघ्यो
सुनको मूल्य बढयो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा २३०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?