चेपाङ बस्तीमा आगो लागाइएको हैन मचानमा आगो लगाइएको हो : मन्त्री बस्नेत

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०७७, १९ : ४८
चेपाङ बस्तीमा आगो लागाइएको हैन मचानमा आगो लगाइएको हो : मन्त्री बस्नेत

फाइल तस्विर

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोलास्थित चेपाङ बस्तीमा भएको घटना बाहिर सार्वजनिक भएजस्तो नभएको बताएका छन् । चेपाङ बस्तीमा नभई मकै हेर्न बनाइएको मचानमा आगो लगाइएको बताए । 

प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उपस्थित हुनुभएका मन्त्री बस्नेतले चितवनको कुसुमखोला  स्थित चेपाङ बस्तिमा आगो लागाइएको र सेनाद्धारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा समाचारमा आए जस्तो सबैकुरा सत्य नभएको बताए ।

उनले कुसुमखोला आसपास क्षेत्रका २ सय १ घर मध्ये १ सय ९३ घरलाई अर्कोठाउँमा स्थानान्तरण गरिएको र तिनै स्थानान्तरण भएका व्यक्तिहरुले त्यसठाउँमा खेति किसानी गर्ने र मकै हेर्न बनाइएका मचानहरु मात्रै जलाइएको बताए । यद्यपी अहिले सम्म अन्तिम रिपोर्ट प्राप्त भइसको छैन । 

मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव नेतृत्वको टोली पठाएको पनि उनले समितिलाई जानकारी दिए । सहसचिवको नेतृत्वमा गएको टोलीको प्रारम्भिक विवरणअनुसार मचानमा मात्र आगो लगाएको उनले समितिलाई बताएका थिए । आगलागी भन्दै सार्वजनिक भएको फोटो कुसुमखोलाको नभएकोसमेत बस्नेतले दाबी गरे।

प्रतिक्रिया दिनुहोस