काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सधैभरी पूर्व पञ्चहरुको नेतृत्वदायी राजनीति गर्दै आएका सूर्यबहादुर थापाका छोरा काँग्रेस प्रवेश गर्ने भएका छन् । स्वर्गीय थापाका छोरा सुनिल बहादुर थापा पनि राप्रपाका नेता थिए । उनी पूर्व मन्त्री पनि हुन् । उनले शनिबार मात्र आफुहरु राप्रपाबाट अलग भएको घोषणा गरेका छन् ।
थापा सहितका १३ नेता कार्यकर्ताले हिजो राप्रपाबाट आफुहरु अलग भएको घोषणा गरेका थिए । विपक्षी काँग्रेसले उनीहरुलाई काँग्रेस प्रवेशका लागि विगत लामो समय देखि गृहकार्य गर्दै आईरहेको थियो । सुनिल बहादुर थापालाई काँग्रेसले सहमहामन्त्री बनाउन लागेको छ ।
उनीहरुलाई पर्सि मंगलबार (१३ साउन) मा विधिवत रुपमा काँग्रेस प्रवेश गराउने कार्यक्रम छ । त्यसका लागि काँग्रेसले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सहमहामन्त्री बनाउने आश्वासन दिएपछि उनले आफ्नो दलबलसहित राप्रपा परित्याग गरेको घोषणा गरिसकेका छन् ।
सुनिल थापासँगै, काँग्रेस प्रवेश गर्ने मध्येका पूर्वगृहराज्य मन्त्री विष्णुविक्रम थापा र बाबुराम बस्नेतलाई केन्द्रीय सदस्य बनाइने छ भने अरु तीनजनालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्ने काँग्रेसले तयारी गरेको छ । थापासहितका नेतालाई काँग्रेस प्रवेश गराउन उपसभापति विमलेन्द्र निधिले पहल गरेका थिए । थापा राप्रपा एकताको घोषणा सभामा पनि सहभागी नभई त्यहीबेलादेखि राप्रपासँग असन्तुष्ट रहँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ साउन २०७७, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खड्का र सिटौलालाई प्रश्न : विशेष महाधिवेशनले पार्टी फुटाउने भए विधानबाट किन हटाउनुभएन ?
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै