काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सधैभरी पूर्व पञ्चहरुको नेतृत्वदायी राजनीति गर्दै आएका सूर्यबहादुर थापाका छोरा काँग्रेस प्रवेश गर्ने भएका छन् । स्वर्गीय थापाका छोरा सुनिल बहादुर थापा पनि राप्रपाका नेता थिए । उनी पूर्व मन्त्री पनि हुन् । उनले शनिबार मात्र आफुहरु राप्रपाबाट अलग भएको घोषणा गरेका छन् ।
थापा सहितका १३ नेता कार्यकर्ताले हिजो राप्रपाबाट आफुहरु अलग भएको घोषणा गरेका थिए । विपक्षी काँग्रेसले उनीहरुलाई काँग्रेस प्रवेशका लागि विगत लामो समय देखि गृहकार्य गर्दै आईरहेको थियो । सुनिल बहादुर थापालाई काँग्रेसले सहमहामन्त्री बनाउन लागेको छ ।
उनीहरुलाई पर्सि मंगलबार (१३ साउन) मा विधिवत रुपमा काँग्रेस प्रवेश गराउने कार्यक्रम छ । त्यसका लागि काँग्रेसले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सहमहामन्त्री बनाउने आश्वासन दिएपछि उनले आफ्नो दलबलसहित राप्रपा परित्याग गरेको घोषणा गरिसकेका छन् ।
सुनिल थापासँगै, काँग्रेस प्रवेश गर्ने मध्येका पूर्वगृहराज्य मन्त्री विष्णुविक्रम थापा र बाबुराम बस्नेतलाई केन्द्रीय सदस्य बनाइने छ भने अरु तीनजनालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्ने काँग्रेसले तयारी गरेको छ । थापासहितका नेतालाई काँग्रेस प्रवेश गराउन उपसभापति विमलेन्द्र निधिले पहल गरेका थिए । थापा राप्रपा एकताको घोषणा सभामा पनि सहभागी नभई त्यहीबेलादेखि राप्रपासँग असन्तुष्ट रहँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ साउन २०७७, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै