‘विदेशबाट आउने सबै नागरिकको कोरोना परिक्षण हुन्छ’ : स्वास्थ्य मन्त्री ढकाल

सफल खबर संवाददाता

शनिबार, १० साउन २०७७, ०९ : १२
‘विदेशबाट आउने सबै नागरिकको कोरोना परिक्षण हुन्छ’ : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललले विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताएका छन् । शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गर्दै मन्त्री ढकालले भारतबाट स्वदेश फर्किने नागरिकहरूको सीमा नाकामै स्वाब संकलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँचदिनपछि स्वाब संकलन गरेर कोरोना परीक्षणको काम भैरहेको बताए ।

सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका सबैजसो काममा विज्ञहरूको सल्लाह र सुझावमै लिईरहेको बताउदैं उनले विज्ञहरूबाट समेत सकारात्मक सुझाव र हौसला पाइरहेकोले सरकारको काममा सबैले होस्टेमा हैँसे गर्नुपर्ने बताए । ‘लकडाउन खुलेको यस समयमा जनस्वास्थ्य मापदण्ड पालनाका लागि सबैले आआफ्नो ठाउँबाट योगादन गर्नुपर्छ’–उनले भने–‘स्वास्थ्यसँग सम्बन्धित सूचना र जानकारी सबैले पाउनेगरी व्यवस्थापन गर्ने तर्फ केन्द्रित छौं ।’ 

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डेलरले नेपालमा कोरोना समूदायमा नफलिएको भन्दै खासठाउँमा देखिएको संक्रमणलाइ समूदायको भन्न नमिल्ने बताए । उनले अहिलेसम्म सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयास ज्यादैनै सराहनीय रहेको बताउनुभयो । विकसित देशको भन्दा राम्रोसँग कोरोनाको निन्यत्रण गर्न नेपाल सरकार सफल रहेको भन्दै जोखिम बढ्न नदिन अझै सतर्कता अपनाउनुपर्ने जोड दिए ।

सोही कार्यक्रमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवना कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण अनिवार्य हुनुपर्ने बताए । संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा संक्रमण हुनबाट सबै सचेत हुनुपर्ने उल्लेख गरे ।

नेपाल मेडिकल एसोसियनका अध्यक्ष डा लोचन कार्कीले हेल्थ वर्करहरूलाइ अहिले महामारीबाट जोगाउनका लागि विशेष ध्यान सरकारले दिनुपर्ने उल्लेख गरे । भाइरोलोजिष्ट डा समिरमणि दिक्षितले कोरोना भाइरसको डर कम गर्न नमुनाहरूको परीक्षण बढाउनुपर्ने र जिन सिक्वेन्सिङ गरेर वास्तविक अवस्था पत्ता लगाउन केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले नेपाल स्वास्थ्य अनुसन्धान परिषदका लागि पर्याप्त नमुनाहरू दिएर सहयोग गर्नुपर्ने बताए ।
 

प्रतिक्रिया दिनुहोस