कक्षा ११ को यस्ताे बन्याे कार्यविधि , नाम एसएलसीई

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ साउन २०७७, ०७ : २५
कक्षा ११ को यस्ताे बन्याे कार्यविधि , नाम एसएलसीई

काठमाडौं । कक्षा ११ मा परीक्षाको नाम माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा सो विषय उल्लेख गरेको छ ।

विद्यालयबाटै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको कार्यविधिमा केही अधिकार बोर्डमा निहित गरिएको छ । बोर्डले परीक्षाको बारेमा चित्त नबुझेमा अनुसन्धान र अनुगमन गर्ने अधिकार राखेको छ ।

विद्यालयले दैनिक हाजिरी अभिलेख राख्नुपर्ने तथा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराउनुपर्ने उल्लेख छ । अब कक्षा ११ को परीक्षा बोर्डले तोकेको मापदण्डअनुसार हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्नुपर्नेछ ।

कार्यविधिको परिच्छेद ४ मा विद्यालयद्वारा सञ्चालन गरिने वार्षिक परीक्षा व्यवस्थापन, सञ्चालन, नतिजा प्रकाशन तथा प्रमाणीकरण समिति गठन गर्ने व्यवस्था गरेको छ । समितिमा विद्यालय/क्याम्पसको प्रधानाध्यापक/प्राचार्य अध्यक्ष रहने व्यवस्था छ । नेपाल समाचारपत्रमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस