चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् ।
राजकुमारसहित ७ जनालाई साउन १ गते निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएका थिए । सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरामी भएका राजकुमारको बुधबार मृत्यु भएको हो ।
‘छुटेर आएदेखि नै सन्चो भएन भन्न थाल्यो, मैले गाउँकै मेडिकलहरूमा उपचार गराइरहेको थिएँ,’ विष्णुलालले भने, ‘हिजो (बुधबार) त अति नै आत्तियो, त्यसपछि भरतपुर अस्पताल ल्याएको थिएँ ।’ अस्पतालमै छोराको मृत्यु भएपछि विष्णुलाल अहिले विक्षिप्तजस्तै भएका छन् ।
राजकुमारसँगै गिरफ्तार भएका उनका एक साथी सन्तलाल प्रजाले आफूहरूलाई नियन्त्रणमा लिएपछि सेनाले कुटपिट गरेको बताए । सेनाले नियन्त्रणमा लिएकामा दुई जना महिला पनि थिए । उनका अनुसार महिलालाई केही नगरे पनि पुरुषहरूलाई कुट्ने, मुढा ओसार्न लगाउने र सय–सय पटक पुसअप गराउने सजाय सेनाले दिएको थियो । ती युवा गाउँ नजिकैको राप्ती नदी तरेर चितवन राष्ट्रिय निकुञ्जमा पुगेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०९ साउन २०७७, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज
पाँच महिनामा चार हात्तीले जन्माए छावा
जंगली हात्तीको आक्रमणबाट निकुञ्ज सुरक्षामा खटिएका सैनिक घाइते
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए
निकुञ्जसम्बन्धी कसुरमा ४४२ जना पक्राउ