अर्कै युवक मन पराएको भन्दै युवतीमाथि एसिड प्रहार, एसिड हान्नुअघि ३७ पटक मिसकल

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ साउन २०७७, ०६ : ५७
अर्कै युवक मन पराएको भन्दै युवतीमाथि एसिड प्रहार, एसिड हान्नुअघि ३७ पटक मिसकल

सांकेतिक तस्विर

काठमाडौँ । ‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्‍याइदिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलमले दही र चिउरा किन्न निस्किएकी चिनेजानेकै एक युवतीलाई आग्रह गरे । ओखलढुंगाकी ती युवती र आलमबीच पुरानै चिनजान थियो ।

‘भैगो दाइ, म हिँडेरै जान्छु,’ युवतीले भनिन् । तर आलमले जिद्धि गरे । ‘किन हिँड्नुहुन्छ, म पुर्‍याइदिहाल्छु नि, बस्नुस न,’ आलमले यति भनेपछि युवती मोटरसाइकलको पछाडि बसिन् । केही मिनेटमै आलमले युवतीलाई बाफल चोकमा छोडिदिए ।

आलमको डल्लुमा कवाडी पसल छ । एकजना भारत शिवरका युवक मुन्ना मोहम्मद आलमकै पसलकै कामदार । युवतीलाई बाफलमा छोडेर आलम मोहम्मदलाई लिन डल्लु फर्किए । मोटरसाइकलमा हालेर मोहम्मदलाई बाफलमा छोडिदिए । केही समयपछि आलम मानिसको आउजाउ छल्दै बाटोबाट छेउ लागेर बसे । केहीबेरमा किनमेल सकेर युवती बाफलबाट डल्लुतिर लागिन् । त्यही क्रममा आलमका कामदारले युवतीमाथि एसिड छर्किएर भागे । एसिड ती युवतीको गाला र निधारमा लाग्यो । आगोले पोले जसरी पीडा हुन थालेपछि युवती चिच्याउँदै छटपटिन थालिन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस