पुस्तकालयलाई एकान्तवास सौजन्य

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०७७, १६ : ५८
पुस्तकालयलाई एकान्तवास सौजन्य

चितवन । युवा उद्यमी मंच चितवनका पूर्वअध्यक्ष निरन्जन न्यौपानेले भरतपुर स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसको पुस्तकालयमा रहने गरी एकान्तवास पुस्तक २० थान सौजन्य गरेका छन् ।

गत शनिबार पत्रकार तथा लेखक विनोदबाबु रिजालको एकान्तवास किताव विमोचन भएको हो । आफूले अध्ययन गरेको संस्थामा पुस्तक रहने भएपछि खुशी व्यक्त गर्दै लेखक रिजालले भने,‘अव हजारौं विद्यार्थीमाझ पुग्ने विश्वास छ ।’
पुस्तकमा समेटिएका विषयहरु आगामी पुस्ताका लागि नौलो र उपयोगी हुने क्याम्पस प्रमुख मणि महतोले बताए । अध्ययनमा चासो राख्नेले एकान्तवास खोजीखोजी पढ्नेमा म ढुक्क छु, क्याम्पस प्रमुख महतोले भने ।

लेखक र प्रकाशक यूरेका पब्लिकेशनको प्रतिनिधि लेखराम सापकोटाको उपस्थितिमा युवा उद्यमी न्यौपानेले विहीबार २० थान पुस्तक क्याम्पस प्रमुखलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा सहायक क्याम्पस प्रमुख कृष्णप्रसाद घिमिरे, नारायण रेग्मी, खिमलाल दाहाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस