शसस्त्रका पूर्व डिआईजी कोईराला सजाय भुक्तान पछि रिहा

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०७७, १२ : ३३
शसस्त्रका पूर्व डिआईजी कोईराला सजाय भुक्तान पछि रिहा

काठमाडौं । श्रीमतीलाई हत्या गरेको आरोपमा सजाय भुक्तान पछि शसस्त्र प्रहरीका पूर्व डिआईजी रंजन कोईराला बिहिबार जेलमुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर कोईराला जेलमुक्त भएका हुन् । घरायसी विवादको क्रममा कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेका थिए । 

डिल्लीबजार कारागार रहेका उनलाई कारागार प्रशासनले  बिहीबार जेलमुक्त गरेको हो । जिल्ला तथा पुनरावेदन अदालतले उनलाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाएपछि यही असार १५ गते सर्वोच्च अदालतले कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । उनको त्यो सयाय भुक्तान भएसँगै उनी जेलुमक्त भएका हुन् । 

कोईरालालाई  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो । कोईरालाले २०६८ पुस २७ गते आफ्नै निवास महाराजगञ्जमा श्रीमतीको हत्या गरि गाडीमा शव लिएर गई मकवानपुरको टिष्टुङमा जलाएका थिए । हत्या भएको सार्वजनिक भएसंगै शव उत्खनन गरी डिएनए पश्चात हात रहेको घडींबाट उनको पहिचान भएको थियो । 

प्रतिक्रिया दिनुहोस